काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
शनिबार काठमाडौंको बल्खुमा पुर्ब प्रधानमन्त्री खनालले बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा उनले मौसमविद्ले ठूलो वर्षा हुन सक्ने जानकारी गराउँदा पनि सरकारबाट प्राकृतिक विपत्तिको पूर्वतयारी राम्रो हुन नसक्दा जनधनको ठूलो क्षति भएको उल्लेख गरे । सरकारको लापरबाहीका कारण जनता समस्यामा परेका उनले उल्लेख गरे । उनले प्राकृतिक विपद्पछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रित गरिएको बताए