
काठमाडौँ । इरानसँगको तनाव बढिरहेका बेला अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको जनाएको छ ।
इरान नजिक तीनवटा विमानवाहक पोत (एयरक्राफ्ट क्यारियर) र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको अल जजिराले जनाएको छ ।
अमेरिकाको अनुसार २ हजारभन्दा बढी म्यारिन सैनिकसहित ‘यूएसएस थियोडोर रुजवेल्ट’ विमानवाहक युद्धपोत र त्यसको स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ पठाएको छ।
‘यूएसएस थियोडोर रुजवेल्ट’ र त्यससँग रहेका सहयोगी युद्धपोतहरू क्यालिफोर्नियाको सान डिएगोबाट मध्यपूर्वतर्फ प्रस्थान गरिसकेका छन्। त्यस्तै, ‘म्याकिन आइल्यान्ड’ एम्फिबियस रेडिनेस ग्रुपसँग रहेको १३औँ म्यारिन एक्सपिडिसनरी युनिट पनि मध्यपूर्वतर्फ गएको छ।
अमेरिकी सैन्य उपस्थितिमा भएको यो विस्तारसँगै नोभेम्बरको अन्त्यसम्म इरान वरिपरि तीनवटा विमानवाहक युद्धपोत र दुईवटा एम्फिबियस समूह तैनाथ हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।
एजेन्सीको सहयोगमा ।
