
काठमाडौँ । नेपालले जापानको आइची–नागोयमा जारी २०औँ एसियाली खेलकुदको पाँचौँ दिनमा आएर पदकको खाता खोल्दा चीनको अग्रता कायमै छ ।
पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा भने तेन्जिङ शेर्पाले कांस्य जिते।पाँचौँ दिनको खेल सकिँदा चीनले आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ । हालसम्म चीनले ४८ स्वर्ण, २० रजत र १० कांस्यसहित ७८ पदक जितेको छ । घरेलु टोली जापानले १५ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ६७ पदकका साथ चीनलाई पछ्याइरहेको छ ।दक्षिण कोरिया आठ स्वर्ण, आठ रजत र २५ कांस्यसहित ४१ पदक जितेर तेस्रो स्थानमा छ ।चौथो स्थानको काजकिस्तानले सात स्वर्ण, चार रजत र आठ कांस्यका साथ १९ पदक हात पारेको छ । थाइल्यान्ड पाँच स्वर्ण, तीन रजत र चार कांस्यसहित १२ पदकका साथ पाँचौँ स्थानमा छ ।यसैगरी, हङकङ, इरान, मलेसिया, उत्तर कोरिया, कुवेत क्रमशः पाँचौँ देखि १०औँ स्थानमा छन् । पाँचौँ दिनको खेल सकिँदासम्म २० राष्ट्रले स्वर्ण पदक चुम्दा ३७ राष्ट्रले पदक तालिकामा आफ्नो नाम लेखाएका छन् ।


