
काठमाडौं । तेजेन्द्र सिंह महरा जापानको आइची–नागोयामा आयोजना हुने ५औँ एसियाली पारा गेम्स २०२६ का लागि टेबलटेनिसतर्फ International Technical Official (ITO) का रूपमा नियुक्त भएका छन्। एसियाली टेबलटेनिस संघ (ATTU) तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायको समन्वयमा महरालाई उक्त प्रतिष्ठित प्रतियोगितामा जिम्मेवारी प्रदान गरिएको छ । महरा आगामी १२ अक्टोबर २०२६ मा जापान प्रस्थान गर्ने तयारीमा रहेका छन् ।उनले प्रतियोगिताका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय पूरा गरी जापानमा आयोजना हुने ५औँ एसियाली पारा गेम्समा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन्।
International Technical Official का रूपमा महरा लाई जिम्मेवारी प्राप्त हुनु उहाँ सँगै नेपाली टेबलटेनिसको अन्तर्राष्ट्रिय पहिचानका लागि पनि महत्वपूर्ण उपलब्धि तथा नेपालका अन्य प्राविधिकहरूलाई समेत अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
जापानमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा अन्तर्राष्ट्रिय प्राविधिकका रूपमा नेपालको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर भएको महराले बताएका छन्। उनले यस अवसरलाई नेपाली टेबलटेनिसको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा लिएको बताएका छन्।






