
काठमाडौँ । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।
उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए।



