sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमाडौँ ।हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको हो ।
विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
हिमाली भूभागको थोरै स्थानमा र पहाडी क्षेत्रको केही स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेसलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ ।
विभागले राति कोसी प्रदेश सबै भूभाग तथा देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा हुस्सु र कुहिरो पनि लाग्ने सम्भावना छ । हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा,हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
देशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावनारहेको विभागले जनाएको छ ।

