
काठमाडौं।प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए)को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् ।
आफ्ना प्रतिष्पर्धी ओम प्रसाद थपलियालाई ४३ मतले पछि पार्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाए ।
यसैगरी महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई १५३ मत अन्तरले पराजित गरिन्। खरेलले ३०५ मत पाएर निर्वाचित हुँदा बस्नेतको पक्षमा १५२ मत परेको छ ।
खुला उपाध्यक्ष पदमा भिमसेन बन्जारा निर्विरोध निर्वाचित भएका छन् ।
महासचिव पदमा भुवन प्रसाद निरौला निर्वाचित भएका छन् ।उनले १६३ मत पाए ।
उपमहासचिव पदमा बाबुराम राई २१७ मतसहित निर्वाचित भए ।
सचिव पदमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भए । गौतम १३९ मत पाएर सचिव चुनिएका हुन् । अधिकारी र हरिप्रसाद मैनाली दुबैको बराबर १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी सचिव चुनिएका हुन् ।
कोषाध्यक्ष पदमा कुमार प्रसाद घिमिरे २९२ मतसहित निर्वाचित भए ।


