
काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।
मंगलबार मनोनयन दर्ता गरेका उमेदवारले आज उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । उमेदवारको नाम फिर्ता र उमेदवारी सच्याउन बिहान ९ बजेसम्मको समय तोकिएको छ ।
उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान १० बजे गर्ने पूर्वनिर्धारित समयतालिका छ । तर, समयतालिका केही पछि सर्दै आएको छ ।
उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आज दिनभर उमेदवारले आफ्नो प्रचार गर्न पाउनेछन् ।



