
काठमाडौँ । वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई सम्मान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
आगामी २०८३ असोज २७ गते उक्त सम्मान समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।
उक्त सम्मानबाट वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन् ।


