
काठमाडौँ । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी ऐनलाई संशेधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
उनले विपद्सम्बन्धी ऐनाले १२ वर्षपछि मात्र मृत घोषणा गर्ने प्रावधान संशोधन गरी छोट्याउन लागेको जानकारी दिए । तर, कति समय कायम गर्ने गरी संशोधन गर्ने निर्णय भएको विषय जानकारी गराएका छैनन् ।

