
काठमाडौँ । रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
शनिबार आरसीडीई रंगशालामा रियालले घरेलु टोली इस्पान्योलविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गर्यो ।रियालको जितमा जुड बेलिङघम र कार्लोस एस्पीले गोल गरे । स्पान्योलका लागि एलेक्स क्यालाट्राभाले एक गोल फर्काए ।
खेलको नवौँ मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो । ३०औँ मिनेटमा क्यालाट्राभाले स्पान्योललाई बराबरीमा ल्याए ।
बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा एस्पीले गोल गर्दै रियाललाई रोमाञ्चक जित दिलाए ।
जितसँगै रियालले तीन अंक जोडेको छ । इस्पान्योलको भने सिजनको सुरुआत राम्रो हुन सकेन ।

