
काठमाडौं साउन २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनिुयक्त राखेपका बोर्ड सदस्यलाई मंगलबार स्वागत गरेको छ । नवनियुक्त बोर्ड सदस्य एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई स्वागत गरिएको हो ।
राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र राखेप कार्यकारी समितिकी सिक्का सुवाल श्रेष्ठले दुवैलाई स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । शिक्षा तथा खेलकुद मन्त्रस्तरीय निर्णयबाट दुवै सोमबार सदस्यमा मनोनित भएका हुन्।





