
काठमाडौँ। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच साउन ९ गते प्रदेश सरकारमा सहकार्यका लागि भन्दै तीनबुँदे सहमति भएको थियो ।
उक्त सहमति कार्यान्वयन गर्न मंगलबार बाँचबुदे निर्देशन जारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले हस्ताक्षर गर्दै पाँचबुँदे निर्देशन जारी गरेका हुन् ।
पाँचबुँदे निर्देशनमा सरकार गठनको आधार, मन्त्रालय बाँडफाँटको आधार, मन्त्रालय छनोट गर्ने क्रम, प्रदेश सरकारको न्यूनतम साझा प्रतिबद्धता र सहकार्य दिगो बनाउने उद्देश्य छन् ।

