
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।
बाढी पहिरोबाट उत्पन्न संकट बारे छलफल गर्न बिैठक आइतबार बिहान १० बजेका लागि बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक माओवादी केन्द्र संसदीय दल कार्यालयमा बस्ने जनाइएको छ ।



