
काठमाडौं । मुगुमा भूकम्पका दुई धक्का महसुस गरिएको छ । बुधबार बिहान दुई धक्का मापन गरिएको हो ।
बिहान १ बजेर ५१ मिनेटमा मुगुको कलाई आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, बिहान ४ बजेर २८ मिनेटमा सोही ठाउँ भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।





