
काठमाडौं । सरकारले पोर्चुगल सरकारलाई नेपालमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको हो।
मन्त्रिपरिष्द बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्रमन्त्रालयको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो।
यसअघि सरकारले पोर्चुगल सरकारसँग काठमाडौंमा कन्सुलर कार्यालय खोल्न आग्रह गर्दै आएको थियो। काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना भएपछि त्यहाँ रहेका नेपालीलाई सहज हुने भएको हो।



