
काठमाडौँ। रसुवा बाढीबाट प्रभाविति भएका मध्ये ४४९ जनालाई आज शुक्रबार नेपाली सेनाको टोलीले हवाइ उद्धार गरेको छ ।
मध्यान्ह १२:२० बजेको समयसम्म १३ भारतीय, ४ जर्मन नागरिकसहित ४४९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
उद्धारका लागि बाढी प्रभावित सबै जिल्लाहरुमा नेपाली सेनाको मात्रै ४ हजार ५ सय फौज खटिएको छ ।
घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत वितरणको काम भइरहेको सेनाले जनाएको छ ।
