
काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ को अवसर पारेर बहुप्रतीक्षित ‘एक्सएसआर १५५’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा जारी प्रदर्शनीमा एक कार्यक्रमका बीच ‘बर्न टु स्ट्याण्ड आउट’ अभियान अन्तर्गत यो नयाँ मोडेल अनावरण गरिएको हो।रेट्रो–मोडर्न डिजाइनमा आधारित यो मोटरसाइकल नेपाली सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने राइडरहरूलाई लक्षित गरी ल्याइएको हो।यसमा आकर्षक टियरड्रप आकारको फ्युल ट्याङ्क, क्लासिक राउण्ड एलइडी हेडल्याम्प, फ्ल्याट बेन्च स्टाइल सिट र परिष्कृत १५५ सीसीको शक्तिशाली इन्जिन रहेको छ।
नयाँ मोडेल सार्वजनिक भएसँगै कम्पनीले यसको आधिकारिक प्रि–बुकिङ समेत खुला गरेको छ।
