
काठमाडौँ । नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
तीन दशकभन्दा बढी समय गद्दीमा रहेर आफ्ना लोकप्रिय र एक सुधारकको रूपमा पहिचान बनाएका नर्वेली राजाको निधन भएको समाचार संस्था रोएटर्सले जनाएको छ।
‘राजा हेरल्डको शुक्रबार अगस्ट २८ स्थानीय समय अनुसार बिहान ०६:३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भयो,’ राजदरबारले आफ्नो वेबसाइटमा भनेको छ।
युरोपका सबैभन्दा वृद्ध जीवित राजा हेरल्डलाई अगस्ट १७ मा अस्पताल भर्ना गरिएको थियो। उनको रगतमा बेक्टेरियल सङ्क्रमणको उपचार भइरहेको राजदरबारले जनाएको थियो।
