
कविता
म सिमल जस्तै छु
बसुन्धरा चौहान सुनिता
म दाना हुँ
दाना बनेर रहन्छु
फुलेको थिए कुनै समय
रातो सुन्दर फूल बनेर
आज झर्दैछु
सिमलको भुवा बनेर
त्यो भुवा त्यै रुख मुनि
अनगिन्ति सेतै छरपष्ट छ्न्
हो त्यो एक दानाबाट
म पनि झरेर छरपष्ट थिए
कति भुवा
मान्छेले बटुलेँ
घर लगेँ
सिरानी बनाएँ
डसना बनाएँ
कुसन बनाएँ
म त्यहीँ रहेँ
कसैको नजरमा पर्न सकिन
सिमलको फेदमा
सुकेको झारमा अडिएर
बसी रहेँ
घामपानी,शीत खादैँ
अचानक हुरी आयो
त्यै हुरीको तालमा
म नाचिँरहे
फेरि हुरी रोकियो
फेदमै पछारिएँ
नजिकै सडकमा
बेगले गाडी दगुर्दा
म तितर् बितर् भएर
रुखमा
टाँसिन पुगे
यो सडकमा हिड्ने मान्छे
यता हेर्दै मुस्कुराउँदै हिड्छ्न्
थाहा छैन्
हाँगाको काँडामा अल्झिएको
मलाई हेर्छन् कि मलाई आड दिने रुखलाई ?
मलाई पहिले जस्तै हुनु छ
फेरि उहीँ फर्किनु छ
मेरो आफ्नै गुँडमा
लाग्नुछ दाना
फुल्नुछ सिमलको
कोपिला बनेर
रातो फुल बनेर
झरे पनि केहीले आहा भन्नेछ्न
टिप्ने छ्न
फोटो खिच्नेछ्न्
आफ्नो झोलामा राखेर घर
सम्म लैजानेछ्न्
म मनको लड्डु खादैँछु
तर
अब यो सम्भब छैन
अस्तित्वविहिन भैसकेँ
सोचेर पीडा लिएर के गर्नु
म मै बन्न चाहन्छु
हे वरपरका वास्नादार बिरुवा हो
मलाई एक्लै नछोड ल
आखिर मपनि कुनै समय
काम लाग्ने बन्छु होला
साथ सबैको चाहिन्छ
चाहने छु ।
केहि समय टाढा रहेर
फेरी नजिकिने छु
यो भुवाको मुलायमपनाको
आभास कम हुन दिन्न
म सिमल हुँ
सिमल नै रहन्छु।


