
सुर्खेत ।सुदूरपश्चिम प्रदेशमा सरकारले पूर्णता पाएको छ ।
मुख्यमन्त्री खगराज भट्टले तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन् ।
शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनीहरूले शपथ लिएका छन् ।
प्रकाश रावलले उद्योग, पर्यटन, वन तथा वातावरण, ओमविक्रम भाटले भौतिक पूर्वाधार विकास र खुसीराम डगौरा थारूले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाएका छन् ।
जानकी कुँवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।

