
काठमाडौँ । नेपालको राजधानी काठमाडौँको टुँडिखेल नजिकै अवस्थित ऐतिहासिक राष्ट्रिय स्मारक हो शहीद गेट । उतिबेलाका राजा महेन्द्रले वि.सं.२०२१ सालमा औपचारिक उद्घाटन गरिएको शहीद गेटको नामा पहिले नेपाल स्मारक रहेको थियो ।
शहीद गेटको डिजाइन उतिबेलाका प्रसिद्ध वास्तुकार रत्नबहादुर तुलाधरले गरेका हुन् । त्यहाँ राखिएका मूर्तिहरु बालकृष्ण सम र ठाकुरप्रसाद मैनालीको सहयोगमा तयार पारिएका हुन् ।
निरंकुश जहानिया राणाशासनको विरुद्ध प्राणको आहुती दिएका चार महान शहीदहरुका मूर्ति त्यहाँ रहेका छन् । यसैगरी त्यतिबेलाका राजा त्रिभुवनको शालिक पनि त्यहाँ रहेको छ ।
अहिले भने संरक्षण नभएको जस्तो देखिन्छ शहीद गेट । शहीदको बलिदानप्रति श्रद्धा व्यक्त गर्ने राष्ट्रिय स्मारक संरक्षणको अभावमा छट्पटिएको देखिन्छ । शालिक नजिक झारहरु लामा लामा भएर बढेका छन् । खुईलिएको रंगरोगनको अभावले । नयाँ पुस्तालाई पुर्खाको इतिहास र बलिदानको महत्व बताउने सांस्कृतिक सम्पदाको यो अवस्था देखिनु दुखद कुरा हो ।
त्यहाँको समय समयमा सरसफाइ र रंगरोगन गरिएको भएपनि अहिले त्यो अभाव देखिएको छ । हरियाली उस्तै व्यवस्थापन हुन सकेको छैन् । झारहरु बढेका छन् । त्यसैले त्यहाँ सौन्दर्यीकरण गर्नु जरुरी भएको छ । सडकको बिचमा भएकोले धूँवा,धूलो र वायु प्रदुषणको असर यसमा पर्ने नै भयो ।

काठमाडौँ महानगरपालिका र संघीय सरकारले हेर्न पर्ने होला यसको संरक्षण र व्यवस्थापन । ऐतिहासिक क्रान्तिको प्रतिक हो शहीद गेट । वर्षमा एक पटक शहीद दिवसमा मात्र व्यस्त हुन्छ । त्यसैले शालिकहरु फोहोर देखिएका छन् । चमक हराएको छ । समन्वयको खाँचोले पो हो कि । यो जीवन्त ऐतिहासिक धरोहर ओझेलमा परेको यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जानु आवश्यक छ ।
