
चितवन ।चितवनमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकनजिक कारमा आगो लाग्दा एकजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे वाग्मती प्रदेशको ०१–०३० च ५५७९ नम्बरको कारमा आगो लागेको हो ।
प्रहरीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

