
काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ।
शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बस्ने तय भएको एमाले प्रचार–प्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
एमालेले जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदल १५ सदस्यीय छ।

