
काठमाडौँ।सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।
न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् ।
उनी सोमबार अदालत आएकी हुन्।
उनले आजैदेखि मुद्दा हेर्ने छिन्। उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ।
