
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको दिगो आर्थिक विकास र लगानीमैत्री वातावरण निर्माणका लागि संविधानमा गर्नुपर्ने विभिन्न महत्त्वपूर्ण संशोधनहरू समेटेर सरकारलाई आफ्ना आधिकारिक सुझावहरू प्रस्तुत गरेको छ ।
महासंघले वर्तमान संवैधानिक व्यवस्थाहरूले आर्थिक गतिविधिमा पारेका व्यावहारिक अड्चनहरूलाई फुकाउँदै समृद्धिको नयाँ मार्गचित्र कोर्न निजी क्षेत्रलाई ‘राष्ट्र निर्माणको साझेदार’का रूपमा संविधानमै व्यवस्था गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले संविधानको मार्गचित्र तयार गर्न गठित समितिसँगको छलफलमा यी सुझावहरू पेस गररेका हुन् ।
