
काठमाडौं । बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।
जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ गते शनिबार र १७ गते आइतबार भएकाले चार दिन लगातार सार्वजनिक बिदा परेको छ ।
लगातार चार दिन सार्वजनिक बिदा परेपछि सरकारी अस्पतालको सेवा सञ्चालनबारे सर्वसाधारणमा चासो बढेको छ । यस्तो अवस्थामा सरकारी अस्पताल खुल्ने वा नखुल्ने विषयमा बिरामी र सेवाग्राही अन्योलमा परेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालको ओपीडी सेवा आंशिक रूपमा सञ्चालन हुने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार चारै दिन सरकारी अस्पतालहरूमा आधा दिन ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ ।
