
कविता
कोशिस
राजीव श्रेष्ठ
बस,
आँसु छन जिउनका लागि
आँसु जुन
उच्छवासहरु सँगै
अनुभूति बनिसके
तिमी शून्यताको विचित्र पहाड चढने प्रयत्न नगर्नु किनकि,
त्यहाँ अनास्थाका
थुप्रै विन्दुहरु हुन सक्छन
त्यहाँ अविश्वासका थुप्रै डोरेटाहरु हुन सक्छन
त्यहाँबाट
आगत र अनागतको क्रममा तिमी र म हामी दुवै
धेरै पहिले
फेदीसम्म झरिसकेका छौं
बरु तिमी,
हामीलाई वर्तमान कुरेर बसेको त्यो शून्यताको तिक्ततालाई बुम्ने कोशिश गर ।







