
फागुन २९
यदि हामीले ध्यानभावना र पृष्ठलब्ध (दैनिक व्यवहार) लाई एकआपसमा जोडेनौँ भने ध्यान एकातिर र दैनिक कार्य अर्कोतिर हुनेछ, र ती दुईमा द्वन्द्व हुन थाल्नेछ। त्यसपछि हामीलाई लाग्नेछ कि ध्यान गर्दा काम गर्न सकिँदैन र काम गर्दा ध्यान गर्न सकिँदैन। तर यदि हामीले स्मृति र अविक्षेप (मनको विचलन नहुने अवस्था) को अभ्यासलाई आफ्ना सबै क्रियाकलापहरूमा ल्यायौँ भने काम र ध्यान सँगसँगै चल्न थाल्छन्। त्यसो हुँदा ध्यान र पृष्ठलब्धको अवस्थाले एकअर्कालाई ऊर्जा प्रदान गर्न थाल्छन्। हामीले आफ्ना दैनिक क्रियाकलापमा जति धेरै ध्यानलाई जोड्छौं, आसनमा बसेर गरिने ध्यान उत्ति नै सहज हुँदै जानेछ।
—इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ९ बाट








