
फागुन २४,अनित्यताको चिन्तन नै त्यस्तो कुरा हो जसले मानिसलाई धर्ममार्गमा प्रवेश गर्न प्रेरित गर्छ, मार्गमा निरन्तर लागिरहन उत्साह दिन्छ, र अन्ततः लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउँछ। अनित्यताको चिन्तन गर्दा कहिलेकाहीँ अप्रिय जस्तो लाग्न सक्छ, तर दीर्घकालीन रूपमा यो ज्यादै उपयोगी हुन्छ, किनकि यसले ध्यान अभ्यासलाई निरन्तरता दिन आवश्यक उत्साह र परिश्रम (वीर्य) जागृत गराउँछ। त्यसैले, अनित्यतामाथि ध्यान (अनित्य भावना) गर्नु अत्यन्तै हितकारी छ।
— एन ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ ४८ बाट








