
काठमाडौं।आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।
यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो। ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ।र एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ।योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ।
जापानमा यो १९५५ मा एलडिपीको स्थापना भएदेखिकै रेकर्ड जित हो।१९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेले जितेको ३०० सिटको अघिल्लो रेकर्डलाई अहिले ताकाइचीले तोडेकी हुन्।
