
काभ्रे। प्रभात माध्यमिक विद्यालय काभ्रेको ४४ औ जन्मोत्सवको अवसरमा विद्यालयलाई पुर्यायको योगदानको कदर गर्दे समाजसेवी शिवश्रेष्ठ लाई प्रशंसा पत्र द्वारा सम्मानित गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य ,नगर पालिकाका उपप्रमुख विमला सापकोटा दाहालले कार्यक्रममा बोल्नु हुँदै विद्यालयलाई योगदान गर्नु हुने सवै लाई धन्यवाद दिनु भयो ।
विद्यालय ब्यवस्थापनका अध्यक्ष लक्ष्मण दाहाल र प्रधानाध्यापक मिजारले सो कार्यक्रममा स्वागत भाषण गर्नु हुँदै विद्यालयलाई पुर्यायको योगदान प्रति समाजसेवी श्रेष्ठ लाई आभार प्रकट गर्नु भएको थियो।

सो अवसरमा समाजसेवी श्रेष्ठले विद्यालयका १५० जना विद्यार्थीको लागी आवस्यक स्टेशनरी तथा विभिन्न खेलकूद सामग्री वितरण गर्नु भएको थियो।



