
काठमाडौं।सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद (अखण्ड) भण्डारीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
यसअघि भण्डारी अन्नपूर्ण पोष्टका प्रधान सम्पादक थिए।





