
काठमाडौं। ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता-२०८२’को उत्कृष्ट कथा विजेताको घोषणा भएको छ ।
प्रतियोगितामा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ ।
प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा ऋतेश गुरुङ द्धितिय भै नगद एक लाख प्राप्त गरे । तृतिय स्थान ओगट्न इन्द्रप्रसाद गोतामे (जगतजंग)सफल भए । उनले नगद ६० हजार हात पारे ।

राजधानीमा बिहिबार आयोजित एक भव्य कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन कथाका कथाकारलाई प्रधानमन्त्री कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले सम्मान गरेका हुन् ।

सोही कार्यक्रममा प्रधानमन्त्री कार्कीले’ बाह्रखरी उत्कृष्ट कथा २०८२’ को लोकार्पण पनि गरिन।
‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को मुख्य प्रायोजकमा डिश मिडिया नेटवर्क लिमिटेड रहेको थियो । प्रायोजक संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लि., गोल्याण समूह, वेदालय कन्स्ट्रक्सन, यती एरलाइन्स, हिमालय एयरलाइन्स र एआईटीएम कलेज रहेका थिए ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले स्वागत र विशेष सम्पादक हरिबहादुर थापाले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण राजेश खनालले गरेका थिए ।

