
पुष १३, प्रज्ञा वा ज्ञान कसरी उत्पन्न गर्ने? केवल इच्छा गरेर मात्र यो उत्पन्न हुँदैन। “म अत्यन्तै प्रज्ञावान हुन चाहन्छु” वा “म महान ज्ञानी हुन सकुँ” भनेर सोचेर मात्र हुँदैन। यसका लागि विधिपूर्वक अभ्यास गर्नुपर्छ। बौद्ध शिक्षाअनुसार प्रज्ञाका तीन चरण छन् — श्रुतमयी प्रज्ञा (शिक्षा सुनेर वा अध्ययन गरेर जान्ने), चिन्तामयी प्रज्ञा (त्यसलाई चिन्तन-मननद्वारा गहिर्याउने), र भावनामयी प्रज्ञा (ध्यान–भावनाको अभ्यासबाट त्यसलाई प्रत्यक्ष थाहा पाउने)।
— कल्टिभेटिङ् ट्रु कम्प्यासन, पृष्ठ ३४ बाट








