
पुष १०, चित्तमा स्थिरता उत्पन्न गर्ने अभ्यास शमथ ध्यान हो, र चित्तमा स्पष्टता वा निर्मलता उत्पन्न गर्ने अभ्यास विपश्यना ध्यान हो। शमथ महत्वपूर्ण छ किनभने जबसम्म तपाईंको चित्त विश्रामको अवस्थामा हुँदैन, तबसम्म त्यहाँ कुनै स्पष्टता वा निर्मलता आउन सक्दैन। त्यसकारण, विपश्यनाको अभ्यासमा लाग्नुअघि शमथको अभ्यास गर्नु आवश्यक हुन्छ।
— कमेन्ट्री अन दि इसेन्स अफ क्रिएसन एण्ड कम्प्लिसन (उत्पत्तिक्रम र सम्पन्नक्रममाथि टिप्पणी), पृष्ठ ११७ बाट








