
मंसीर २६, ध्यानमा सबैभन्दा महत्वपूर्ण कुरा मनलाई कसरी एकाग्र गराउने र साथै कसरी विश्रामको अवस्थामा राख्ने भन्ने बुझ्नु हो। उचित समयमा मनलाई थोरै कसेर एकाग्र गर्ने र उचित समयमा खुकुलो छाड्ने अभ्यासले हामीलाई त्यस्तो शमथको विकास गर्न मद्दत गर्दछ, जसमा चित्त सहज र समभावले अडिएको हुन्छ। यो अवस्थामा आफ्नो होस या स्मृतिलाई कमजोर हुन दिनु हुँदैन। स्मृति बलियो हुनुपर्छ ताकि मनलाई खुकुलो छाड्दा पनि सजग र एकाग्र रहिरहोस्।
—इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ११० बाट








