
मंसीर २४, हामीले आफ्नो चित्तलाई रूपान्तरण गर्नु आवश्यक छ। यसका दुई मुख्य तरिकाहरू छन् – सापेक्षिक (सामान्य) विधिहरू र पारमार्थिक (गहन) विधिहरू मार्फत चित्तको रूपान्तरण गर्ने। यदि हामी सापेक्षिक विधिहरूको प्रयोग गर्न चाहन्छौं भने पहिले मनबाट अरूप्रतिको द्वेषलाई हटाउनुपर्छ र सबैप्रति मैत्री तथा करुणाको भाव बढाउनुपर्छ। यसका लागि हामी प्रायः सापेक्ष बोधिचित्तको अभ्यास गर्छौं, विशेषगरी मतिशोधन (लोजोङ्ग) अर्थात् चित्तको प्रशिक्षणसम्बन्धी उपदेशहरूको अभ्यास गर्छौं। यी उपदेशहरूले हामीलाई अरूप्रति मैत्री र करुणायुक्त हृदयको विकास गर्न सहयोग गर्छन्। यी उपायहरूबाट हामी अरूप्रतिको द्वेषलाई पूर्ण रूपमा हटाउन सक्छौं। यसको मुख्य अभ्यास भनेको तोंग्लेन ध्यान हो।
— भिभिड अवेयरनेस, पृष्ठ ६४ बाट








