
काठमाडौं।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ ।
सञ्चारमन्त्री जगदीश खरेका अनुसार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको छ । त्यसमा ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।


