
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२।०८ र बिक्रीदर रु १५२।६८ कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर रु १७७।०९ र बिक्रीदर रु १७७।७९, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०५।२४ र बिक्रीदर रु २०६।०५ तथा स्वीस फ्रयांक एकको खरिददर रु १९४।६४ र बिक्रीदर रु १९५।४१ निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर रु १०९।०३ र बिक्रीदर रु १०९।४६, क्यानेडियन डलर एकको खरिददर रु ११०।१० र बिक्रीदर रु ११०।५४, सिंगापुर डलर एकको खरिददर रु ११९।०६ र बिक्रीदर रु ११९।५३ कायम गरिएको छ ।
जापानी येन १० को खरिददर रु ९।५७ र बिक्रीदर रु ९।६१, चिनियाँ युआन एकको खरिददर रु २२।४२ र बिक्रीदर रु २२।५० तथा साउदी अरेबियन रियाल एकको खरिददर रु ४०।५३ र बिक्रीदर रु ४०।६९ रहेको छ ।
कतारी रियाल एकको खरिददर रु ४१।७२ र बिक्रीदर रु ४१।८८, थाई भाट एकको खरिददर रु ४।६८ र बिक्रीदर रु ४।७० तथा यूएई दिर्हाम एकको खरिददर रु ४१।४० र बिक्रीदर रु ४१।५७ तोकिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर रु ३८।४८ र बिक्रीदर रु ३८।६३, दक्षिण कोरियाली वन १०० को खरिददर रु १०।०४ र बिक्रीदर रु १०।०८ तोकिएको छ ।
यस्तै,स्विडिस क्रोनर एकको खरिददर रु १६।३९ र बिक्रीदर रु १६।४६ तथा डेनिस क्रोनर एकको खरिददर रु २३।७० र बिक्रीदर रु २३।७९ कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर रु १९।४१ र बिक्रीदर रु १९।४९, कुवेती दिनार एकको खरिददर रु ४९५।८६ र बिक्रीदर रु ४९७।८२ निर्धारण गरिएको छ ।
यस्तै,बहराइन दिनार एकको खरिददर रु ४०३।४० र बिक्रीदर रु ४०४।९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५।०१ र बिक्रीदर रु ३९६।५७ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै,भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।







