
मंसीर ३, सबै प्राणी सुख चाहन्छन्, त्यही नै हाम्रो लक्ष्य हो। तर के बुझ्नुपर्छ भने आफ्नो सुखको सिर्जना हामी आफैंले गर्छौँ; त्यसलाई उत्पन्न गर्ने सामर्थ्य हामीभित्रै छ। त्यसका लागि सुखका हेतु वा कारण उत्पन्न गर्नुपर्छ। सुखको हेतु भनेको कुशल कर्म (पुण्य कर्म) हो।त्यसैले तत्कालीन होस् वा दीर्घकालीन, सबै प्रकारका सुखको सिर्जना गर्नसक्ने स्वतन्त्रता हामीमै छ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ८० बाट








