
कार्तिक २१,यदि तपाईँले यस जीवनमा सकारात्मक वा कुशल चित्त विकास गर्नुभयो भने यो जीवनका, आगामी जीवनहरूका र अन्तराभवका अनुभूति र प्रतिभासहरू क्रमशः अझ सकारात्मक बन्दै जान्छन्। तपाईँले अन्तराभवलाई नियन्त्रण गर्न नसकिने अवस्थाका रूपमा लिनुभएको होला, तर सत्य के हो भने तपाईंले कुशल चित्त विकास गर्नुभएको छ भने अन्तराभवको अवस्थामा पनि केही हदसम्म नियन्त्रण प्राप्त गर्न सक्नुहुन्छ।
– जर्नी अफ द माइन्ड, पृष्ठ ३ बाट








