
काठमाडौं । एसियाली टेबल टेनिस संघ (ATTU) ले अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (ITTF) का अन्तर्राष्ट्रिय अम्पायर श्री तेजेन्द्र सिंह महरालाई २२ देखि ३१ अक्टोबर २०२५ सम्म मित्रराष्ट्र Bahrain मा आयोजना हुने 3rd Asian Youth Games सञ्चालनमा निर्णायकमा नियुक्त गरेको छ ।

महरा हाल एसियाली टेबल टेनिस संघ (ATTU) मा (Competition Manager )को रूपमा सम्बद्ध छन् । उनले धेरै (विश्व र एसियाली ) स्तरीय टेबल टेनिस कार्यक्रमहरूको व्यवस्थापनमा व्यावसायिक उच्चदक्षताको प्रर्दशन गरेका छन् । यस नियुक्तिले टेबलटेनिसखेलको विकासमा उनको लामो समयदेखिको निर्णायकको भुमिकाको योगदानलाई प्रतिबिम्बित गर्दछ ।






