
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक सोमबार बस्दै छ ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।
असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।



