
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो असहमति नरहेको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीमा असमझदारी आउने गरी विशेष महाधिवेशनको नेतृत्व आफूले नगर्ने धारणा राखे । केन्द्रीय सदस्य सूर्य थापाका अनुसार, पोखरेलले बैठकमा भने, “सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन ।”
उनले आफू ओलीको असहमतिमा अध्यक्ष नबन्ने धारणा राखेका छन् ।
उनले आफूले ओलीलाई अध्यक्ष र नेता मानिरहेको उल्लेख गर्दै त्यो अर्थमा आफ्नो दूरी नरहेको धारणा राखे ।
बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोख्रेलले ‘तपाईंलाई भ्रम परेको छ। मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन’ भनेका थिए ।

