
काठमाडौँ । नेपाल विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले असोज २ गते नै उनलाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
उनी नेपाल विज्ञापन संघ (आन)का पूर्वअध्यक्ष पनि हुन् । उनलाई आज सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका छन् ।



