
असोज १७, बौद्ध शिक्षाअनुसार कुनै पनि कुरा अस्तित्वमा आउनका लागि दुई आधार हुन्छन्: हेतुु, जुन मुख्य हो र प्रत्ययहरू, जुन सहायक हुन्। हेतु भनेको वास्तविक वा मूल कारण हो। प्रत्ययहरूले कुनै निश्चित कुरालाई अस्तित्वमा आउने अवस्था विकसित हुन सहयोग पुर्याउँछन्।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ३० बाट








