
अवकाश पाउँदै गुप्तचर प्रमुख
काठमाडौं।राष्ट्रिय अनुसन्धान विभागका प्रमुख(मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले आजदेखि अवकाश पाउँदैछन् । राजनीतिक संक्रमणकाल भएकाले नयाँ गुप्तचर प्रमुखको चयन अन्योल छ ।
थापाले तीन वर्षे पदावधि पूरा गरी अवकाश पाउन लागेका हुन्।
नयाँ प्रमुखका लागि ओम जोशी र टेकेन्द्र कार्कीबिच प्रतिस्पर्धा छ । दुवै जना विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुन् ।


