
काठमाडौँ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो ।
उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रीपरिषदले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा. रोजीन श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

