
कविता
वाल्यकाल
अम्बिका घनंजय
हरेक ऋतु कति रमाइलो थियो
रुनु पर्ने कुनै कारण पनि थिएन
न हास्नु पर्ने कुनै कारण नै चाहिन्थ्यो
अहिले हामी कति अगाडि आई सकेछौं
वाल्यकालको पल सम्झदा सपना
जस्तो लाग्न थाल्यो।
एउटा समय थियो जब हामी धेरै
खुशी हुन्थ्थौ पूर्णिमा रातमा बाहिर
निस्किएर चन्द्रमा संग बात गर्थ्यौ
दिनभरी फुलबारीमा घुमी रहेका पुतली
समाउन उनको पछि भागिरहन्थ्यौं
स्कुल बाट हिडेर आउदा
थाकेर भुतुक्कै हुन्थ्यो
तर ,पनि डन्डीबीयो र मोज्जाको गोली बनाएर
खेतमा साथीहरूसंग साँझसम्म खेलिन्थ्यो
छुट्टीको दिन पनि
कागजको नाउ बनाएर पानीमा बगाइन्थ्यो
न खाना मिठो चाहिन्थ्थो न राम्रो लुगा नि लाइन्थ्यो
पेट भरी खान र शरीर ढाक्ने कपडा
पाउदा मन खुशी भैहाल्थ्यो
आह वाल्यकाल कति रमाइलो थियो
माग्दा पाउने भए
भगवान् फेरि वाल्यकाल
माग्न पाए हुन्थ्यो ।
मिडल साम्दोग ,पुर्ब सिक्किम







